नियम ४९
सरुवा सम्बन्धी व्यवस्था
: (१) यस नियमावलीकोे अधीनमा रही आवश्यकता अनुरूप प्रहरी कर्मचारीको सरूवा नियमित रूपमा गरिनेछ ।
(२) उपनियम (१) बमोजिम सरुवा गर्दा “क” वा “ख” वर्गको भौगोलिक क्षेत्रमा साधारणतया अठार महिनाभन्दा बढी अवधिको लागि सरुवा गरिने छैन ।
(३) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि जनपद प्रहरी समूहको कुनै प्रहरी कर्मचारीको जुन सेवा विशिष्टीकृत कार्यक्षेत्रमा शुरु पदस्थापना भएको हो निजले सो सेवा विशिष्टीकृत कार्यक्षेत्रमा कम्तीमा तीन वर्षसम्म काम गर्नु पर्नेछ ।
(४) सामान्यतया प्रहरी वरिष्ठ नायब निरीक्षक, प्रहरी नायब निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार र प्रहरी जवानलाई आफ्नो घर पायक पर्ने प्रदेशभित्र सरुवा गर्न प्राथमिकता दिइनेछ।
(५) जनपद प्रहरी समूहको प्रहरी निरीक्षक र सोभन्दा माथिको प्रहरी कर्मचारीलाई कुनै एक सेवा विशिष्टिकृत कार्यक्षेत्रबाट अर्को सेवा विशिष्टिकृत कार्यक्षेत्रमा सरुवा गर्न सकिनेछ ।
तर प्रहरी निरीक्षकको सरुवा गर्दा निजले शुरु पदस्थापना भएको वा सरुवा भई आएको सेवा विशिष्टीकृत कार्यक्षेत्रमा कम्तीमा तीन वर्ष सेवा गरेको हुनु पर्नेछ ।
(६) सेवा विशिष्टीकृत कार्यक्षेत्रमध्ये व्यवस्थापन तथा प्रशासन अन्तर्गतको आर्थिक प्रशासनमा कार्यरत प्रहरी सहायक निरीक्षक देखि प्रहरी निरीक्षक दर्जा सम्मको प्रहरी कर्मचारीको सरूवा गर्दा लेखा तर्पm कम्तीमा दुई वर्ष काम गरेकोलाई जिन्सी तर्फ र जिन्सी तर्पm कम्तीमा दुई वर्ष काम गरेकोलाई लेखा तर्पm आलोपालो गरी सरूवा गरिनेछ ।
(७) सेवा विशिष्टिकृत कार्यक्षेत्र मध्ये व्यवस्थापन तथा प्रशासन अन्तर्गतको आर्थिक प्रशासनमा सरुवा हुनको लागि लेखा तथा व्यवस्थापन विषयमा कम्तीमा प्रविणता प्रमाणपत्र तह उत्तीर्र्र्ण गरेको वा एस.एल.सि. उत्तीर्ण गरेको र कम्तीमा तीन वर्षसम्म लेखा सम्बन्धी काम गरेको हुनु पर्नेछ ।
(८) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि जनपद प्रहरी समूहको सेवा विशिष्टीकृत कार्यक्षेत्रमा उल्लेख नभएको वा प्राविधिक प्रकृतिको कार्य गर्ने प्रहरी कर्मचारीको सरूवा वा पदस्थापन गर्दा निजले सम्पादन गरिरहेको कार्य प्रकृतिसँग मिल्ने समान प्रकृतिको सेवा विशिष्टीकृत कार्यक्षेत्रमा मात्र गरिनेछ ।
(९) सरुवालाई व्यवस्थित, पारदर्शी र अनुमानयोग्य बनाउन सरुवा समय तालिका समेत समावेश गरी मन्त्रालयको स्वीकृति लिई प्रहरी प्रधान कार्यालयले सरुवा मापद:ण्ड बनाउनु पर्नेछ ।